नेपालमा फेसबुक मनिटाइजेसन हुन सुरु, नपाली बैंकबाट रकम निकाल्न सकिने 

मेटाले नेपालमा फेसबुक कन्टेन्ट क्रिएटरका लागि कन्टेन्ट मनिटाइजेसन कार्यक्रम औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । कम्पनीले ईमेलमार्फत प्रयोगकर्तालाई यो सेवा आधिकारिक रूपमा नेपालमा सुरु भएको जानकारी दिन थालेको हो । 

मेटाले आफ्नो जवाफमा भनेको छ, “हो, नेपाली कन्टेन्ट क्रिएटरले फेसबुकको कन्टेन्ट मनिटाइजेसनबाट प्राप्त हुने रकमका लागि आफ्नो स्थानीय बैंक खाता प्रयोग गर्न सक्छन । किनभने मेटाले यो सुविधा आधिकारिक रूपमा सुरु गरेको छ र नेपाली बैंक खातामा सिधै भुक्तानी पठाउन थालेको छ ।”

यसले नेपाली कन्टेन्ट क्रियटरका लागि फेसबुक मनिटाइजेसन आम्दानीको नयाँ ढोका खोलेको छ । यस विषयमा प्रविधि क्षेत्रमा सक्रिय राजेन्द्र अर्यालले मेटा टिमसँग सम्पर्क गर्दा कम्पनीले नेपालमा फेसबुक कन्टेन्ट मनिटाइजेसन औपचारिक रूपमा सुरु भएको पुष्टि गरेको हो ।

“यसअघि पनि केही नेपाली फेसबुक कन्टेन्ट क्रिएटरले फेसबुक मनिटाइजेसन का लागी विभिन्न माध्यमबाट नेपाली बैंक खाता लिंक गरेर आम्दानी गर्दै आएका थिए,” अर्यालले भने, “तर अब कम्पनीले नै औपचारिक रूपमा यो सेवा सुरु गरेपछि प्रक्रिया निकै सजिलो र आधिकारिक भएको छ । अब ढुक्क भएर नेपाली बैंक खाता लिंक गरी आम्दानी गर्न सकिन्छ ।”

के हो फेसबुक मनिटाइजेसन, कसरी सेट अप गर्ने ?

– Content Monetization फेसबुकमा आफ्ना फोटो, भिडियो, पोस्ट, स्टोरी जस्ता Eligible Contents हरुलाई Monetize गरेर कमाउन सकिने System हो।

–   यसका लागी सर्जक Eligible Country मा हुन जरुरी छ, नेपाल अब Eligible Country भैसकेको छ।

–  आफ्ना सिर्जना गर्ने, नयाँ Content Create गर्नेहरुलाई यो Tool ले एकदमै राम्रो Earning दिन्छ, पहिले यो वा यो जस्तै प्रकारका Monetization Tool विदेशी भुमि वा प्रविधि प्रयोग गरेर उतैको खातामा पैसा निकाल्न पर्ने तथा Tax तिर्न पर्थ्यो, अब नेपालकै खातामा प्राप्त गर्न सकिने तथा सरकारले प्राप्त गर्ने Tax मा उल्लेख्य वृद्धि हुनेछ।

–  यो प्रयोग गर्न सबै भन्दा पहिले तपाइँको प्रोफाईल वा पेज Professional Mode मा Convert हुन पर्यो, Professional Mode चाहिँ आफ्नो प्रोफाईलको Setting मा गएर Turn On Professional Mode गर्नु पर्यो, तपाइँले आफु कस्तो खाले Creator हो, त्यहाँ सेट गर्नु पर्यो (जस्तो Singer, Actor, Digital Creator)।

–  त्यसपछी Professional Mode को Monetization Option मा जानु पर्यो।

–  तपाइँले पहिलेनै यो प्राप्त गरिसक्नु भयो भने Your Tools मा यो देखिन्छ,  Not Yet Eligible मा छ भने Content Monetization Click गरेर I am Intrested थिचेर, तपाइँ आफु कस्तो Creator हो, तपाइँलाई किन यो चाहियो भन्ने लेख्नुभएपनि हुन्छ वा खाली छोडदापनि हुन्छ, I am Intrested गर्नुस।

– Intrest Submit भएपछी त्यो Tool तपाइँको मा देखिन समय लाग्छ, Facebook ले तपाइँलाई Accept गर्नु पर्ने हुन्छ, यो तपाइँको Profile Activity लगायतका कुरा हेरेर Facebook ले Automatic दिने कुरा हो।

–  जब तपाइँले यो Tool प्राप्त गर्नुहुन्छ, त्यसपछी तपाइँका Photo, Video, Story, Reels जस्ता Content ले Earning गर्न थाल्छन।

–  यो Earning भएको Balance तपाइँको Bank Account मा आउन तपाइँले Payout Setup गर्नुपर्ने हुन्छ।

– Payout Setup गर्न Profile Setting बाट Payments Section मा रहेको Payouts Option मा जानुहोला, यो Monetization कै option भित्र पनि भेट्नुहुनेछ।

  Setting मा जानुस, पहिले Tax form भर्नुहोस।

Tax Info Submit गर्ने तरिका:

Legal Name (नागरिकताको नाम)

Date of birth English मा

Business Type:- Individual (Business भए Business), Next

Primary Address:- Nagarpalika, Ward Number

Country Region:- Bagmati

Post code, Kathmandu मा भए 44600

email:-

TIN:- PAN Number

By ticking the box (I certify)

add tax info

Continue

continue

Are you US Citizen:- No

Are you acting as:- No

Next

Country of Citizenship:- Nepal

Taxpayer identification Number I have Non US TIN

Next

Add your mailing address:- Next

Provide Additional detail:- 

0% of service will be physically..

Next

I certify that 

Signature (Type your Full Name)

Date as it is

Next

Review

Submit Form

Done

Tax Approve हुन पर्छ।

Payout option

Setting 

Payout Method

Swift Code (आफ्नो Bank को Website मा about section मा हेर्नुहोला) हालेर आफ्नो Bank Account Number हालेर Set गर्नुहोस।

  • Related Posts

    निजामती विधेयक: प्रवेश उमेर, पदपूर्ति र आरक्षणमा नयाँ व्यवस्था के छ ?

    लामो समयको प्रतीक्षापछि संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभापछि राष्ट्रिय सभाबाट पनि पारित भएको छ । संघीयता कार्यान्वयनको करिब एक दशकपछि मात्र कार्यान्वयन चरणमा पुगेको यो विधेयकले निजामती सेवाको संरचना,…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    निजामती विधेयक: प्रवेश उमेर, पदपूर्ति र आरक्षणमा नयाँ व्यवस्था के छ ?

    • September 3, 2025
    • 0
    • 1687 views
    निजामती विधेयक: प्रवेश उमेर, पदपूर्ति र आरक्षणमा नयाँ व्यवस्था के छ ?

    नेपालमा फेसबुक मनिटाइजेसन हुन सुरु, नपाली बैंकबाट रकम निकाल्न सकिने 

    • September 2, 2025
    • 0
    • 2317 views
    नेपालमा फेसबुक मनिटाइजेसन हुन सुरु, नपाली बैंकबाट रकम निकाल्न सकिने 

    Thakuri Biren Website संचालनमा

    • September 8, 2024
    • 2
    • 3247 views
    Thakuri Biren Website संचालनमा